Feedback

   

Call Center Phone

1116 (NTC/NCELL)

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको सुविधाका सिमाहरु

१. OPD र IPD अन्तर्गत :

OPD-एक आर्थिक वर्षमा अधिकतम रु. २५००० सम्मको अस्पतालमा भर्ना भएर गरिने बाहेकको  उपचार खर्च मध्ये कोषबाट ८०% रकम प्राप्त गर्न सक्ने र बाकी २०% रकम योगदानकर्ताले नै व्यहोर्नुपर्ने 

IPD-एक आर्थिक वर्षमा अधिकतम रु .१०००००  सम्मको अस्पतालमा भर्ना भएर गरिने   उपचार खर्च मध्ये कोषबाट ८०%   रकम भर्ना भएको अस्पत्तालमा सिधै भुक्तानी  हुने र बाकी २०% रकम योगदानकर्ताले नै व्यहोर्नुपर्ने 

नोट :कुनै पनि आर्थिक वर्ष भित्र  OPD मार्फत योगदानकर्तालाई  प्राप्त हुन सक्ने रकम OPD मा खर्च नभएमा सो रकम सोहि आर्थिक वर्ष भित्र  योगदानकर्ताले IPD मा थप गरी कुल रकम रु.१००००० मा  नबढने गरी प्राप्त गर्न सक्ने 

 

२. प्रसुती बिदा (सुबिधा) बापत :

श्रम ऐन २०७४ वा प्रचलित नेपाल कानुन बमोजिम वा सामुहिक सम्झौता बमोजिम रोजगारदाताबाट पारिश्रमिक सहितको प्रसुती बिदा पाउने अवधि (कम्तीमा ६० दिन) बाहेक प्रसुती बिदा बस्नु पर्दा सो अवधिको लागि निजले खाइ पाई आएको आधारभूत पारिश्रमिकको ६०% का हिसाबले योगदानकर्तालाई बढीमा ३८ दिन प्रसुती बिदाको रकम सुबिधा बापत भुक्तानी गर्ने 

 

३. बिरामी बिदा बापत :

वार्षिक १२ दिन भन्दा बढी बिरामी बिदा बसेकोमा थप ७९  दिन सम्मको निजको आधारभूत पारिश्रमिकको ६०% हिसाबले बिरामी बिदा बापतको रकम प्राप्त गर्न सक्ने (चिकित्सकको सिफारिसमा अस्पत्ताल वा घरमै बसी उपचार गराउनुपर्ने भएमा)

 

४. प्रसुती स्याहार बापत :

महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी ले प्रसुती स्याहार बापत प्रति शिशु एक महिनाको न्युनतम पारिश्रमिक प्राप्त गर्न सक्ने (हाललाई रु. १५०००)