• कुनैपनि आम्दानीयोग्य क्रियाकलापमा संलग्न हुन नसक्ने असक्षमता वा अस्थायी अशक्तताको अवस्थामा निजको आयमा भएको क्षतिको क्षतिपूर्ति

    अशक्तता सुविधा

  • उमेर नपुगेका बालवालिका (जस्तो, १५ वर्ष) हरुको समग्र विकासको जिम्मेवारी स्वरुप क्षतिपूर्तिको रुपमा निश्चित रकम उपलब्ध गराउने बीमा योजना ।

    परिवार र बालबच्चाको हेरचाह सुविधा

  • Work Days Loss वा महिलाहरु प्रसुती भएको कारणले काममा उपस्थित हुन नसकेको अवधि (३ वा ६ महिना वा तोकिए वमोजिम) को सर्न्दर्भमा

    सुत्केरी (मातृत्व संरक्षण) सुविधा

  • निर्धारित उमेरभन्दा वढी उमेरसम्म जीवित रहने अवस्थामा तोकिए वमोजिम रकम उपलब्ध गराउने बीमा योजना ।

    बृद्धावस्था सुविधा

  • उचित रोजगारी प्राप्तिको असक्षमताका कारण आय आर्जनमा कमी वा अवरोध (निलम्बन) को अवस्थामा निजको आयमा भएको क्षतिको क्षतिपूर्ति

    बेरोजगारी सुविधा

  • Work Days Loss वा कार्यस्थलमा भएको दुर्घटनाको कारणले व्यक्ति काममा उपस्थित हुन नसकेको अवधिमा निजको आयमा भएको क्षतिको क्षतिपूर्ति

    रोजगारीमा घाइते सुविधा

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9

हाम्रो बारेमा

सामाजिक सुरक्षा कोषको वेव पृष्टमा हार्दिक स्वागत । सामाजिक सुरक्षाको अवधारणा नेपालमा अझै नौलो नै रहेको छ । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकहरु  लाई मानवीय मर्यादा रक्षाका लागि जोखिमबाट सुरक्षा प्रदान गर्न राज्य र नागरिकहरुको साझा प्रयासमा सम्पादन गरिने कार्य नै सामाजिक सुरक्षा हो, जुन सामाजिक न्यायको अभिन्न अङ्गको रुपमा रहेको हुन्छ । विभिन्न निकायहरुमार्फत राज्यको हेरचाह स्वरुप सामाजिक संरक्षणका नाममा गरिरहको कामलाई विस्तारित रुप दिने यस पहलले व्यक्तिगत जीवनको धेरै क्षेत्रमा जोखिम न्यूनीकरण गर्न विशेष सहुलियत र सहायताको सुनिश्चितता गर्दछ । राज्यले केहि दशक अघिदेखि यस क्षेत्रमा केहि कार्य प्रारम्भ गरेको र त्यसलाई विस्तार गर्दै लैजाने नीति मुताविक यो संस्थागत संरचना तयार पारेको हो । सामाजिक सुरक्षा संविधान प्रदत्त मौलिक हक समेत भएकोले यो राज्यको दायित्व तथा नागरिकको अधिकारका रुपमा रहेको हुन्छ ।